काठमाडौं। संसद बिघटनको बिरोधमा नेकपा प्रचण्ड–माधव समूहले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्दै छ ।
नेकपाले दिउँसो २ बजे तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको हो ।
आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमन विरोधी संघर्षका तेस्रो चरणका कार्यक्रम घोषणा गर्ने रहेको नेकपाका एक नेताले वताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षसहित अधिकांश राजनीतिक पार्टीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
Leave a Reply