Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना संक्रमित किशाेरीसँग कतारबाट आएका १ सय २५ जनाको पहिचान

    कोरोना संक्रमित किशाेरीसँग कतारबाट आएका १ सय २५ जनाको पहिचान

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ।

    चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन्। फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ।



    उनले ती यात्रुको नाम आफूहरूलाई पनि नखुलाइएको भन्दै सबै यात्रुको पासपोर्टको प्रतिलिपिसहितका विवरण प्रहरीलाई बुझाइएको जानकारी दिए। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले एअरलाइन्सबाट यात्रुहरूको विवरण प्राप्त भएसँगै यात्रुहरू पहिचान गर्ने प्रयास अघि बढाइएको जनाए।



    फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको जानकारी सोमवार स्वास्थ्यमन्त्रीले दिएका थिए। उनका अनुसार स्वास्थ्य मन्त्रायसँग समन्वय गरी सबै यात्रुको यथाशीघ्र स्वास्थ्य परीक्षण गरिनेछ।

    फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरू गरेको हो। नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाण्डूमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

    सबैको जाँच
    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कतार एयरवेजको उक्त जहाजमा नेपाल फर्किएका सबै नेपालीलाई सम्पर्क गर्न प्रयास भइरहेको बताए।’कोही व्यक्ति स्वेच्छिक रूपमा सम्पर्कमा आएका छन्। उनीहरूलाको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले पूर्वाधार तयार गरेको छ,’ देवकोटाले भने।

    नेपाल दोस्रो कोरोनाभाइरसको सङ्क्रमणको घटना पुष्टि भएपछि सोमवार सरकारले अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी आवतजावत र हिँडडुलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

    मङ्गलवार बिहानबाट लागु भएको उक्त आदेश चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ। केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई कोभिड(१९ भएको पुष्टि भएको थियो। अहिले उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ।

    टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए। विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको कोभिड(१९ अहिले १८७ वटा देश र क्षेत्रमा फैलिसकेको छ।

    चीनको वुहानबाट फैलिन थालेको कोरोनाभाइरस सङ्क्रमणबाट सर्वाधिक मृत्यु इटली र चीनमा भएको छ। त्यसपछि स्पेन, इरान र अमेरिकामा धेरै मानिसको ज्यान गएको छ। बीबीसी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार