बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले छुट्टिएको प्रचण्ड–नेपाल समूहलाई आमसभा हेर्न बुटवल आउन आग्रह गरेका छन् ।
प्रधामन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गरेपछि छुट्टिएको प्रचण्ड–माधव र ओली समूहबीच कसको आसमभा ठूलो भन्ने जुहारी जस्तै चलिरहेका बेला एकले अर्कोलाई आमसभा हेर्न आग्रह गरिरहेका छन् ।
यसअघि माघ २८ गते काठमाडौंमा भएको आमसभालाई सम्बोधन गर्दै प्रचण्ड–माधव समूहका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आसमभा कस्तो हुन्छ देख्नुभयो ?’ भन्दै ओलीलाई प्रश्न गरेका थिए ।
शनिबार बुटवलमा आयोजित सभामा प्रधानमन्त्री ओलीले प्रचण्डलाई जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका हुन् ।
उनने भने–‘देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भन्ने ? आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।’
Leave a Reply