Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • जेष्ठ नागरिक र दीर्घरोगीले अझै पाएनन कोरोना खोप

    जेष्ठ नागरिक र दीर्घरोगीले अझै पाएनन कोरोना खोप

    अनलाइन नेपाल
  • शुक्रबार, ३० माघ २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । छिमेकी मुलुक भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएपनि अहिलेसम्म दिर्घ रोगी र जेष्ठ नागरिकले खोप पाउन सकेका छैनन् ।

    सरकारले जेष्ठ नागरिक र दीर्घरोगीलाई प्राथमिकतामा राख्नु पर्नेमा त्यसको तयारी हुन नसक्दा जेष्ठ नागरिक र दीर्घरोगी भन्दा पहिले कुटनीतिक नियोग र पत्रकारहरुले खोप लगाउने मौका पाए ।



    जबकी कुटनीतिक नियोगका कर्मचारीहरु र पत्रकारहरु आफै पनि सुरक्षीत रहने वातावरण तय गर्न सक्थे । र, पनि सरकारको प्राथमिकताको सूचिमा जेष्ठ नागरिक र दीर्घरोगी पर्न सकेनन् ।



    तर, सरकारले २३ फागुनदेखि भने आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ ।

    पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

    त्यसैगरी दोस्रो चरण अन्तर्गत २६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइयो भने २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ ।

    हुन त सरकार आफैंले बनाएको प्राथमिकता सूचीमा फ्रन्टलाइनरपछि जेष्ठ नागरिक थिए । जनस्वास्थ्य विज्ञहरुले पनि खोप पाउनु हरेक नागरिकको अधिकार भएपनि प्राथमिकतामा जेष्ठ नागरिक र दीर्घरोगी पर्नुपर्ने बताउँदै आएका छन् ।

    जेष्ठ नागरिक र दीर्घरोगीलाई कुटनीतिक नियोगका कर्मचारी र पत्रकारहरुले उछिने ।

    सरकारले जेष्ठ नागरिक र दीर्घरोगीलाई दोस्रो चरणमा खोप दिन नसकेपछि खोप महाशाखा भने खोप धेरै उपलब्ध नभएको भनेर तर्किन खोजीरहेको छ ।

    यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने फागुन २३ गतेदेखि ५५ बर्षमाथि उमेर समूहलाई खोप दिने योजनाअनुसार काम भइरहेको जानकारी गराएको छ ।

    मन्त्रालयले भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप केही खरिद गरेर र केही अनुदानमा ल्याउने तयारी गरिरहेको स्रोतको दावी छ ।

    मन्त्रालयले पहिलो चरणमा फेबु्रअर अन्तिमसम्म २० लाख डोज खोप ल्याउन कम्पनीका प्रतिनिधिसँग वार्ता गरिरहेको पनि स्रोतको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार