काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै पक्राउ गर्न लागएको आरोप लगाएका छन् ।
बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई प्रहरीले पक्राउ गरेको बताएका हुन् ।
दाहालले भने–‘रामकुमारी झाँक्रीलाई प्रहरीले हिजोदेखि पक्राउ गर्न बल गरेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो । हामीले रोक्न बल गर्यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबरजस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिस्ट पार्टीप्रति हमला भएको छ ।’
Leave a Reply