काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधब समूहकी केन्द्रीय सदस्य तथा निवर्तमान सांसद रामकुमारी झाँक्रीको बानेश्वरस्थित घर वरिपरि प्रहरीले घेरा हालेको छ ।
त्यहां प्रहरी र नेकपाका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको छ। प्रहरीको भिडकै बीच नेकपाका कार्यकर्ताहरुले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्द चर्का नाराबाजी गरेका छन्।
महानगरिय अपराध महाशाखा झाँक्रीको घरभित्रै गएर नियन्त्रणमा लिन तयारी अवस्थामा बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा नेतृ झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिन लागेको हो ।
झाँक्रीले गोरखामा राष्ट्रपति विद्या भण्डारीलाई बडामहारानीको संज्ञा दिंदै भनेकी थिइन्–‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुविधा छाडेर आउनुस् ।
शीतलनिवास छाडेर पहिला कोटेश्वर आउनुस्, चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु,’ झाँक्रीले भनेकी थिइन्–‘होइन भने बालकोटै गए पनि हुन्छ ।’
यो अभिब्यक्तिपछि झाँक्रीलाई कारबाही गर्न माग गर्दै ओली निकट अनेमसंघले माघ २१ मा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र दिएपछि नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रहेकी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव परेको थियो ।
प्रधानमन्त्री ओलीलाई खुशी बनाउने नाममा गृहसचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिएका थिए ।
Leave a Reply