Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रेम राईलगायतको शपथ बहिस्कार गरेका उपराष्ट्रपति अख्तियार दिवसमा सरिक

    प्रेम राईलगायतको शपथ बहिस्कार गरेका उपराष्ट्रपति अख्तियार दिवसमा सरिक

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक निकायहरुमा गरेको नियुक्ति उपराष्ट्रपति नन्दबहादुर पुन स्वयम्लाई मन परेन ।

    संवैधानिक निकायका प्रमुखलगायतको शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको घटनाले यो तथ्यलाई पुष्टि गर्यो पनि ।



    तर, उनै उपराष्ट्रपति पुन बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक उत्सवमा सहभागी भएर दोहोरो चरित्र देखाएका छन्।



    प्रेमकुमार राई प्रमुख आयुक्त भएपछि अख्तियारले गरेको बार्षिकोत्सव समारोहमा पुन सहभागी भएका हुन्।

    पुनले बहिस्कार गरेको शपथ ग्रहण कार्यक्रममा अख्तियार प्रमुख राईलगायत थिए ।

    कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति रहेको छ ।

    अख्तियारले बार्षिक प्रगति विवरण र प्रतिवेदनसहित प्रहरी प्रधान कार्यालयमा बार्षिकोत्सव कार्यक्रमको औपचारिक सुरुआत गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार