Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कुबेतमा कामदारलाई बेचेको अभियोगमा ७ जना नेपाली महिला पक्राउ

    कुबेतमा कामदारलाई बेचेको अभियोगमा ७ जना नेपाली महिला पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ । कुवेत प्रहरीले घरेलु कामदारलाई भगाई अर्को साहूलाई बेचेको अभियोगमा ७ जना नेपाली महिलालाई पक्राउ गरेको छ ।

    प्रहरीले घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारी अवैध हैसियत वनाएर बेचबिखन गर्दै आएको आरोप उनीहरूलाई लगाएको छ ।



    कुवेतबाट प्रकाशित अरब टाइम्सका अनुसार उनीहरूमाथि मानव बेचबिखनसम्बन्धी कानुन आकर्षित हुनेछ । पछिल्लो समय भारतीय बाटोबाट समेत नेपाली महिलालाई कुवेत लैजान कठिन भएपछि दलालहरूले घरमै काम गरिरहेका नेपालीलाई भगाउने र अर्को साहुलाई बिक्री गर्ने गरेका छन् ।



    कोरोना संक्रमण फैलिएपछि घरेलु कामदार ल्याउन कुवेतले रोकेको थियो । गत बिहीबारदेखि मात्रै कुवेतले नेपालसहित ५ देशका नागरिकलाई घरेलु कामदारमा आउन खुला गरेको छ । गत बिहीबार श्रीलंकामा रोकिएका नेपालीसहित १ सय ९७ जना घरेलु कामदार कुवेत पुगेका थिए । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार