Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गोकुल बाँस्कोटाको अडियो छानबिन गर्न माग सांसदको माग

    गोकुल बाँस्कोटाको अडियो छानबिन गर्न माग सांसदको माग

    अनलाइन नेपाल
  • बुधबार, १४ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । प्रतिनिधि सभाको बुधवारको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमा छानबिन गर्न सरकारसित माग गरिन् ।

    सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिए । सांसद राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सिमाना क्षेत्र जोगाउन सरकारको ध्यानाकर्षण गराए ।



    सांसद महेश्वरजंग गहतराज र मायादेवी न्यौपानेले सरकार र सदनबीच थप सहकार्यको आवश्यकता औंल्याएका छन् । सांसद मीनबहादुर विश्वकर्माले दलित समुदायले दलित भएकै कारण राजधानिमा कोठा पाउन समस्या रहेको बताए ।



    सांसद मीना सुब्बाले ७० करोड रुपैयाँ भ्रष्टाचारको चलखेल हुँदा सरकार किन चुप रहेको प्रश्न गरिन् । सांसद मीना पाण्डेले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन ढिलाइ भएकोमा ध्यानाकर्षण गराए । सांसद मोहन बानियाँले सरकारले अघि सारेको भ्रष्टाचार अन्त्यको अभियानलाई पूरा गर्ने बताए ।

    सांसद यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रंगमति शाही, रामबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेणुका गुरुङ, लक्ष्मणलाल कर्ण र लक्ष्मी परियारले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार