काठमाडौं। प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरिक्षक ( एसपी) को सरुवा गरेको छ। त्यस्तै, प्रधान कार्यालयले डिएसपीबाट बढुवा भएका १६ जना एसपीहरुको पनि पदस्थापन गरेको छ।
सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी ओम अधिकारीको सरुवा भएको छ भने चितवनका एसपी नान्तिराज गुरुङको अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ।
चितवनको प्रमुखमा सरुवा भएका अधिकारी जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए । उनले गोरखाको प्रमुख भएर पनि काम गरिसकेका छन्। प्रहरीमा उनी व्यवसायिक अधिकृतको रुपमा चिनिन्छन्।
चितवन उनका लागि राम्रो काम देखाउने अबसर र चुनौती पनि छ ।
यस्तै, दिपशम्शेर जबरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण, रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गठन नं.२, भोलाबहादुर रावललाई काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, किसान सिंह थापालाई नेपाल प्रहरी पहरा गण र विकासराज खनाललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय सरुवा गरिएको छ ।
त्यसैगरी आजै ६ जना डिएसपीको पनि सरुवा निकालिएको छ।
सरुवा सूची अनुसार क्रमश:कोमल शाहको नगर प्रहरी कार्यालय काठमाडौं, नरहरी रेग्मी ठिमी, तुल्सीराम अग्रवाल जिल्ला प्रहरी कार्यालय अछाम तथा बालनरसिह राणाको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा सरुवा भएको छ।
Leave a Reply