Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ‘केपी ओली हिन्दु महासंघको अध्यक्ष हो कि कम्युनिस्ट पार्टीको?’

    ‘केपी ओली हिन्दु महासंघको अध्यक्ष हो कि कम्युनिस्ट पार्टीको?’

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष भन्नेबारेमा प्रश्न उठेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको अन्तरक्रियामा प्रचण्डले ओलीका क्रियाकलापले नै नेपाली जनताले त्यस्तो प्रश्न उठाएको बताए ।



    ‘विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको भन्ने उहाँले नै प्रश्न उठाउनु भएको छ । मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ,’ उनले भने, ‘मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनु भएको छ । यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि । नेपाली जनताले प्रश्न उठाएका छन् । केपीजी भनेको के हो ? उहाँ कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो?



    नेपालमा रामको जन्म भएको प्रमाणित भए र त्यहाँ धार्मिक पर्यटकीयस्थल हुन्छ भने सबैभन्दा खुशी आफूलाई हुने उनले दाबी गरे । ‘यदि नेपालमा अयोध्या प्रमाणित हुन्छ, रामको जन्म प्रमाणित हुन्छ भने र त्यहाँ धार्मिक पर्यटकीयस्थल हुन्छ भने म भन्दा खुशी त अरु कोही हुनै सक्दैन । हामीले धार्मिक स्वतन्त्रताको कुरा गरेका छौं । धर्मप्रति हाम्रो कहिँकतै नकारात्मकता छैन । राज्य पो धार्मिक निरपेक्ष हुनुपर्छ भनेको हो । जनताको धार्मिक आस्थालाई सम्मान गर्न पर्दैन भन्ने हामी कसैको हैन,’ दाहालले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार