Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • घटेको घट्यै विदेशी लगानी, तीन कारण जिम्मेवार

    घटेको घट्यै विदेशी लगानी, तीन कारण जिम्मेवार

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कोरोनाको कारण विश्वव्यापी रुपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको छ ।

    चालु आर्थिक वर्षका ६ महिनामध्ये पाँच महिनामा लगातार प्रत्यक्ष विदेशी लगानी (एफडीआई) घटेपछि यसलाई कोरोनाको प्रभावको रुपमा हेरिएको छ ।



    गत पुससम्म मुलुकमा ७ खर्ब ६६ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत आर्थिक वर्ष सोही अवधिको तुलनामा यो करिब ३७ प्रतिशतले घटेको हो ।



    २०७६ पुससम्म यस्तो लगानी १२ अर्ब २० करोड रुपैयाँ थियो । अहिले खासगरी तीन कारणले विदेशी लगानी घटिरहेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।

    पहिलो कोभिड–१९ का कारण विश्वव्यापीरुपमा विदेशी लगानी घटिरहेकाले नेपालमा पनि त्यसको असर देखिएको हो । दोस्रो, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ लगानीकर्ताको अपेक्षाविपरीत (अनुदार) आएकाले धेरै विदेशी लागनी आउन नसकेको हो । तेस्रो, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी लागनीको सीमा ५० लाख रुपैयाँबाट बढाएर न्यूनतम ५ करोड रुपैयाँ पुर्याइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार