Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • अवैध खरिद, कर्मचारी भर्ना र कमिसनमा लिप्त वीर अस्पताल र ट्रमा सेन्टर

    अवैध खरिद, कर्मचारी भर्ना र कमिसनमा लिप्त वीर अस्पताल र ट्रमा सेन्टर

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । देशकै ठूलो अस्पताल तथा स्वायत्त प्रतिष्ठान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र ट्रमा सेन्टरमा नेकपा नेताको नाम भजाउँदै अनियमितता हुँदै आएको छ । पूर्व स्वास्थ्य मन्त्री तथा वर्तमान पर्यटन मन्त्री भानुभक्त ढकालको नाममा ट्रमा सेन्टर र वीर अस्पतालमा व्यापक अनियमितता भइरहेको छ । यी दुवै अस्पतालमा अनियमित कर्मचारी भर्ना, सरुवा र कमिसनमा आफूनिकट व्यापारीसँग सामान खरिद गरिरहेका छन् ।

    सबैभन्दा जुनियर डाक्टर भएर पनि भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुँदा उनलाई प्रभावमा पारी राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशक बनेका डा. सन्तोष पौडेल, डा. गौरव ढकाल, डा. नवीन पोखरेल, अर्जुन भेटवाल, आइसियु र ओटी प्रमुखको मिलेमतोमा अनियमित कर्मचारी भर्ना, ठेक्कापट्टा, अस्पतालभित्रै ब्यापार गरिरहेको आरोप छ ।



    टेण्डरमा गुणस्तरीय र सस्तो उपकरण सप्लाईका लागि टेण्डर दिंदा पनि यो समूहले कमिसन लिंदै महङ्गोमा करोडौंको सामान खरिद गरिरहेको आरोप लाग्ने गरेको छ । सो सम्बन्धमा उच्च अदालत पाटनमा समेत मुद्दा दायर भएको जानकारी हुन आएको छ । यो समूहले २० जना भन्दा बढी स्टाफ नर्स र १० जना फार्मेसीमा कर्मचारी गैरकानूनी तरिकाले नियुक्ति गरेका छन् । भर्ना गर्दा तिनीहरुसँग रकम समेत असुलेको ट्रमा सेन्टरकै एक चिकित्सक बताउँछन् ।

    सामान्य बिग्रिएको उपकरण नवनाई कमिसनको कारण नयाँ खरिद गरिएको छ । १ बर्षदेखि २० करोड रुपैयाँमा किनिएको इन्टा अट सिटी सन्चालन नगरी थन्क्याएर राखिएको छ । सिटीस्क्यान एक महिनादेखि बिग्रिएको छ । कर्मचारीले बनाउन माग गर्दा पनि निर्देशक पौडेल, डा। ढकाल र डा। नवीनले किन ध्यान दिएका छैनन् भन्ने प्रश्न उठेको छ । बिरामीलाई सिटीस्क्यान र एमआर आई गर्न निजी अस्पतालमा पठाएर सो अस्पतालबाट मासिक कमिसन लिने गरेको आरोप छ ।

    ट्रमा सेन्टरमा भर्ना भएका विरामीको अपरेशन गर्दा प्रयोग हुने सर्जिकल सामान इम्पान्ट ९पाता, स्क्रुर० स्पाइलन सर्जिकल सामान जो १ देखि ३ लाख रुपैयाँसम्म पर्छ । यी सामान त्रिपुरेश्वरका एक सप्लायर्समार्फत् अस्पतालभित्रै ओटी अगाडि र वार्डको बेड बेडमै डाक्टरहरुले बोलाएर विरामीलाई किन्न लगाएर कमिसन लिने गरेका छन् । साथै विरामीको अप्रेशन गर्दा प्रयोग हुने, बेहोस गराउने र आइसीयुको स्वास्थ्य सामाग्री डा. नवीन पोखरेलले आफ्नै ससुराको बी ब्राउन फर्ममार्फत् लिने गरेको आरोप छ ।

    डा। पोखरेलका ससुरासँग ती सामानहरू निर्देशक पौडेलको मिलेमतोमा विना टेन्डर फार्मेसीमा राख्न लगाई महंगोमा किन्न बाध्य बनाउँछन् । डा गौरव ढकाल र डा। पोखरेलले उनीहरुले भनेको बाहेक अरु कम्पनीको सामान विरामीले किनेमा विरामीको अप्रेशन नै बिभिन्न बहाना बनाई क्यान्सिल गरेर फिर्ता गर्ने गरेको गुनासो प्राप्त भएको छ । यस्तो अत्याचार र अनियमितताको बिरोध गर्दा स्वास्थ्य सचिव, मन्त्री र अर्थमन्त्रीको मानिस हौं भन्दै थर्काउने गरेको गुनासो प्राप्त भएको छ ।

    ट्रमा सेन्टरमा हुने अनियमितताको बारेमा आवाज उठाउने कर्मचारीलाई सरूवा गर्ने चेतावनी दिने गरिएको छ । महिर्नौदेखि सिटी बन्द छ, ओपीडी एक्सरे डिआर बिग्रिएको छ । डिएसए भन्ने मुटुमा प्रयोग गरिने उपकरण र फोलोस्कोपी बिग्रिएको छ । सो सामान २ करोड रुपैयाँको हो । सामान्य रूपमा बनाए काम चल्छ तर बनाउन भन्दा नयाँ किन्दा कमिसन आउने हँुदा बजेट माग्न यो समूह अर्थमन्त्रीकहाँ धाइरहेको श्रोत बताउछ ।

    आईसीयुको १ सय एमएम को मोवाइल मेसिन ऐक्सरे समेत बिग्रिएको छ भने इमर्जेन्सीको एलेन्सन ऐक्सरे समेत बिग्रिएको छ । बनाउने कुनै छाँटकाँट छैन । स्वास्थ्य सचिव र अर्थमन्त्रीको समूह हौं भन्दै बजेट निकासा गरी आफूनिकट ब्यापारीमार्फत् किन्न लागेको श्रोत बताउछ । ब्यापारीसँग स्पेक मिल्ने गरी टेण्डरको तयारी समेत गरिसकेको कुरा ट्रमा सेन्टरका पीडित कर्मचारीहरु बताउँछन् ।

    वीर अस्पतालमा पनि उस्तै

    यता वीर अस्पतालको खरिद एकाईमा पाच बर्षदेखि ब्यापाररीसँग मिलेमतोमा मस्ती गरिरहेको समूह छ । जो वीर अस्पतालको सबैभन्दा अनियमिततामा संलग्न भनेर चिनिन्छ । यो समूहले सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा परीक्षक, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालयको सुशासन एकाईले दिएको निर्देशन पनि पालना नगरी अटेर गर्दैआएको छ ।

    यो समूहलाई स्वास्थ्य सचिव लक्ष्मण अर्याल र मन्त्री हृदयेश त्रिपाठीले हालसम्म कुनै कारवाही गरेका छैनन् । उनीहरुलाई नेपालका केही मेडिकल माफियाहरुको पनि संरक्षण रहेको छ । श्रोतका अनुसार, यो समूहमा निर्देशक केदार सेन्चुरी, खरिद प्रमुख नर्स भगवती थपलिया, सुव्वाहरु विजय लामा, श्याम बि क लगायत छन् । यो समूहमाथि छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग आयोगमा एक दर्जन भन्दा बढी उजुरी परेका छन् ।

    अनियमितताका बारेमा वीर अस्पतालका कर्मचारीहरूले बोल्दा खरिद प्रमुख भगवती थपलियाले हाक्काहाक्की चुनौती दिने गरेको गुनासो कर्मचारीहरुको रहेको छ । कर्मचारीले उपकुलपति समक्ष सो बिषयमा गुनासो गर्दा सुन्दैसुन्दैनन् । कतै उपकुलपतिको पनि अनियमिततामा मिलेमतो त छैन भन्ने आशंका कर्मचारीले गर्न थालेका छन् रु कर्मचारी भन्छन्, वीर अस्पताल खरिद एकाईले कोरोना महामारीको समयमा बिभिन्न सामान खरिद, मर्मत सम्भार र पार्टेशन गर्दा १० करोड भन्दा धेरै अनियमितता गरेको लेखा, प्रशासन र बेरूजु शाखाका कर्मचारी बताउँछन् । साँघु साप्ताहिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार