काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा भएका नियुक्तिविरुद्ध दायर गरेको रिटमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सभामुख सापकोटाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आइतबार कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्चले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा संवैधानिक परिषद्को कार्यालय, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।
उनीहरूले संवैधानिक आयोगहरूमा नियुक्तहरूलाई काम गर्नबाट रोक्न माग गरेका थिए । सभामुख सापकोटा गत शुक्रबार रिट निवेदन लिएर आफै सर्वोच्च गएका थिए ।
Leave a Reply