Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • ओली र प्रचण्डको नौटङ्कीको प्रतिस्पर्धाले देश दुर्घटनातर्फ : कमल थापा

    ओली र प्रचण्डको नौटङ्कीको प्रतिस्पर्धाले देश दुर्घटनातर्फ : कमल थापा

    अनलाइन नेपाल
  • शनिबार, २४ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाका केपी शर्मा ओली र प्रचण्डको नाटक तथा नौटङ्कीको प्रतिस्पर्धाले देशलाई दुर्घटनातर्फ धकेलिरहेको वताएका छन् ।

    राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले ओली र प्रचण्डका कारण अशान्ति र अराजकताको वातावरण गुज्रिराखेको वताए ।



    अध्यक्ष कमल थापाले भने, ‘ संविधान बनेपछि देशमा शान्ति, स्थायित्व आउँछ भन्ने विश्वास लिएका जनता निराश हुन बाध्य भएका छन् । गरिबी, भ्रष्टाचार बढेर गएको छ । अहिले वर्षको ५ लाख भन्दा बढि पासपोर्ट बनाएर अरबको मरुभुमि जान बाध्य छन् ।



    नेकपाभित्रको विवादले सिङ्गो देश बन्धक भएको थापाले बताए । दुई तिहाई बहुमत प्राप्त गरेको नेकपाकै कारणसिङ्गो देश बन्धक भएको थापाले बताए ।  नेकपाकै कारण देश अराजकता र अस्थिरताको दलदलमा फसेको भन्दै जनतालाई बेइमानी र धोका भएको उनको भनाइ छ ।

    देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि, देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन हुन जरुरी रहेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार