Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दश सेलिब्रिटीलाई कोरोना

    दश सेलिब्रिटीलाई कोरोना

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 1.8K
    SHARES

    एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित भइरहेको छ। सर्वसाधारणका अलाबा सेलिब्रिटी पनि यसको चपेटामा परेका छन्। संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ। हालै टीभी सो होस्ट एन्डी कोहेनलाई कोविड १९ बाट संक्रमित भएको पाइयो। भारतवंशी एक्ट्रेस इन्दिरा बर्मा पनि कोरोनाबाट ग्रस्त छिन्। इन्दिरा बिरामी हुनुभन्दा पहिले एमिलिया क्लार्कसँग काम गरिरहेकी थिइन्। इन्दिराले आफू कोरोना पीडित भएको जानकारी इन्स्टाग्रामबाट दिएकी हुन्।

    अमेरिकन रेडियो र टीभी होस्ट एन्डीले इन्स्टाग्राममा भिडियो सेयर गरेर आफू पीडित भएको जानकारी गराए। अहिले कोरोनाका कारण टीभी सोको प्रोडक्सन बन्द गरिएको छ। अभिनेता भीओ आर्टिस्ट र निर्माता डेनियल डे किम धेरै ठूला फिल्मको हिस्सा बनिसकेका छन्। उनीहरूले इन्स्टाग्राममा भिडियो सेयर गरेर आफू बिरामी भएको जानकारी दिएका हुन्।



    अमेरिकनी गायक सार्लेट लरेन्सले इन्स्टाग्राममा कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए। २६ वर्षकी रसेल म्याथ्युज ‘ह्याप्पी डेथ डे’ र ‘ह्याप्पी डेथ डे टु यु’ मा देखिएकी थिइन्। रसेलले पनि इन्स्टा स्टोरीमा संक्रमणको जानकारी दिएकी हुन्। क्रिस्टोफर हिब्जुले इन्स्टाग्राममा तस्बिर पोस्ट गरेर कोरोना संक्रमणका जानकारी दिएका थिए। उनले आफ्नो पोस्टमा फ्यानलाई सावधानी अपनाउन आग्रह गरेका छन्। अभिनेता, निर्देशक, डीजे, र्‍यापर तथा गायक इदरिस अकुना एल्बाले भिडियो म्यासेज सेयर गर्दै आफ्नो बिरामीको जानकारी दिए। अहिले उनी आइसोलेसनमा छन्।



    ४० वर्षीया फ्रेन्च अभिनेत्री ओल्गा कुरिलेन्कोले इन्स्टाग्राममा क्वारेनटाइनको फोटो सेयर गरेर बिरामी भएको बताएकी छन्। साथै उनले सबै फ्यानलाई कोरोनालाई गम्भीरतापूर्वक लिन सल्लाह दिएकी छन्। अभिनेत्री, निर्माता, गायिका रिटा विल्सन पनि कोरोनाको चपेटामा छिन्। रिटाले पनि टमसँग सोसल मिडियामार्फत संक्रमित भएको खबर दिएकी थिइन्। मिडिया रिपोर्टअनुसार रिटासँगको भेटपछि अस्ट्रेलियन पत्रकार रिचर्ड विल्किन्स पनि गम्भीर बिरामी भएका छन्। हलिउडका अभिनेता टम ह्याक्स कोरोनाबाट संक्रमित हुने पहिलो सेलिब्रिटी हुन्। उनले ११ मार्चमा सोसल मिडियामार्फत कोरोना पीडित भएको जानकारी गराएका थिए।

    यसका साथै ८६ वर्षीय जज लिजेन्ड मनु दिबान्गु पनि कोरोना भाइरसको उपचार गर्न अस्पताल भर्ना भएका छन्। तान्जानियाका र्‍यापर म्वाना एफएले पनि १९ मार्चमा कोरोना संक्रमित भएको जानकारी दिए। अन्नपूर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार