Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘कोभिड–१९ महामारीको गति बढ्दैछ’

    ‘कोभिड–१९ महामारीको गति बढ्दैछ’

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी । विश्वमा रहेका लगभग हरेक देशमा फैलिसकेको कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गति पक्रन थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सोमबार कोरोनाभाइरसबाट संक्रमित हुने सङ्ख्या ३ लाख ५० हजार पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ ।

    ‘महामारीको गति बढ्दैछ,’ डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले जेनेभास्थित हेडक्वार्टरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पहिलो १ लाख संक्रमित पुग्न ६७ दिन लागेको थियो, दोस्रो १ लाखका लागि ११ र तेस्रो १ लाखका लागि मात्र ४ दिन लागेको छ ।’



    उनले जी–२० राष्ट्रहरुलाई कोरोनाभाइरसको संक्रमणसँग लड्नका लागि आवश्यक स्वास्थय सामग्री निर्माण गर्नका लागि सहकार्य गर्नका लागि आह्वान गर्ने पनि बताए ।



    डब्लूएचओका अनुसार २ करोड ६० लाखभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमितको उपचारमा संलग्न हुने अनुमान गरेको छ । र, केही हप्तामा नै यसले विश्वको स्वास्थ्य व्यवस्थालाई धरासायी बनाउन सक्ने चेतावनी दिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार