Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न दिएनन् : केपी ओली

    माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न दिएनन् : केपी ओली

    सुकुमबासी समस्या समाधान गर्न नेपाल बाधक

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 2.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले सुकुमबासी समस्या समाधान गर्ने सरकारको प्रयासमा अवरोध सिर्जना भएको बताएका छन् ।

    भूमिहीन सुकुमबासी संगठन केन्द्रीय कमिटीले बुधबार काठमाडौंमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपालले सुकुमबासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा अड्चन खडा गरेको दावी गरे ।



    नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिँदै उनले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गरे । उनले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा समस्या समाधान गर्न खोजियो । माधव नेपालले आफ्नो एउटा समर्थक वकिललाई लगाएर मुद्दा लगाएर लच्चिएकोलच्चियै काम हुन पाएन । भूमि व्यवस्था समाधान हुन नदिने, एउटा हाजिरीजवाफ प्रतियोगिताजस्तो चलाइहालुँ । तपाईंहरूलाई म सोध्छु । सुकुमबासी समस्या समाधान हुन नदिने नेताहरूमध्येको मुख्य नेता को हो रु माधव नेपाल । बनेको आयोगलाई काम गर्न नदिएर एउटा नवलपरासीको सुकुमबासी मानसिकताको वकिलले मुद्दा हालेर त्यो आयोगले काम गर्न पाएन । र, यसपटक फेरि हामीले आयोग बनाउनुपर्‍यो । यो आयोग बनाउन थालेको लगभग तीन वर्ष भयो । पार्टी छोडेर माधव नेपाल ‘पाटी’तिर गएपछि बल्ल आयोग पूरा भयो ।’



    प्रधानमन्त्री ओलीले माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न नदिएको भन्दै ‘छलफलवाला मान्छे’को संज्ञा दिए । उनले भने, ‘माधव नेपाल र नारायणकाजी भन्ने दुईजना मान्छे पार्टीमा थिए । तिनीहरू सधैँ छलफल हुनुपर्छ भन्ने । जतिवेला पनि छलफल हुनुपर्छ भन्ने । छलफलवाला मान्छे मैले नेपालमा भेटाएको तीनजना । एउटा माधव नेपाल, अर्को नारायणकाजी श्रेष्ठ, अर्को घनश्याम भुसाल । जहिले जेमा पनि छलफल हुनुपर्छ । छलफल गर्नुपर्छ । सुकुमबासी आयोग बनाऔँ । छलफल गर्नुपर्छ । बनायो । किन बनाइयो रु छलफल हुनुपर्छ । पूर्णता दिऊँ । छलफल हुनुपर्छ । प्रतिनिधि मागौँ । होइन छलफल हुनुपर्छ । छलफलवाला मान्छेहरूले पार्टी छोडे पाटीतिर लागे । तिनीहरूको पाटीको वास हुन थालेपछि आयोग बन्यो । पूर्णता पाएको छ । काम बन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार