Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भरूवा बन्दुक र कालिजसहित २ जना पकाउ

    भरूवा बन्दुक र कालिजसहित २ जना पकाउ

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 3.6K
    SHARES

    बझाङ । बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टीका सामुदायिक वनबाट मङ्गलबार राति ११ः३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जङ्गली मरेको कालिज, टर्चलाइट र एक थान हँसियासहित छविसपाथिभेरा गाउँपालिका–३ का ४३ वर्षीय गणेश खवास र सोही ठाउँ घर भएका ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीचौकी छबिसपाथी भेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियारसहित टीका सामुदायिक वन क्षेत्रभित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।



    पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार