Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • संवैधानिक निकायको नियुक्तिप्रति कांग्रेसको आपत्ति

    संवैधानिक निकायको नियुक्तिप्रति कांग्रेसको आपत्ति

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले संवैधानिक निकायमा सरकारले गरेको नियुक्ति तथा सपथ ग्रहणको विरोध गरेको छ। बुधबार अख्तियारसहित संवैधानिक निकायका पदाधिकारीलाई शितल निवासमा सपथ ग्रहण गराइएको थियो।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्वीट गर्दै भनेका छन्,’दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरूद्ध संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी ।’



    संवैधानिक परिषद र संवैधानिक निकायमा भएको सिफारिसको विवाद यथावस्थामै रहिरहँदा सरकारले संवैधानिक आयोगको नियुक्तिलाई पूर्णता दिएको थियो।



    कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणले विधिको उल्लंघन गरेकाले यसमा पार्टीको विमति रहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार