काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरु स्वतः नियुक्त भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरु स्वतः नियुक्त भएका हुन्। त्यस्तै प्रधानमन्त्री कार्यालयका सचिवले दर्ता गराएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त प्रमुख आयुक्त पदमा प्रेमकुमार राई,आयुक्त पदमा जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ।
अख्तियारको प्रमुख आयुक्त सिफारिस गरिएका पूर्व गृहसचिव राई प्रधानमन्त्री ओली निकट हुन् भने चन्द कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । चन्द यसअघि नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा हुँदा अनुसन्धानमा पोख्त मानिन्थे। उनी प्रहरी अतिरिक्त महानिरीक्षक पदबाट अवकाश पाएका हुन्
अहिले बिहान ९ बजे राष्ट्रपति भवन शीतलनिवासमा उनीहरूले शपथ ग्रहण गर्दैछन्। मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्ति, सिफारिश गरेको थियो ।
सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सुनुवाइको सामना गर्नु परेन । संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।
Leave a Reply