काठमाडौं । स्वास्थ्य मन्त्रालयले ६० वर्षमाथिकाहरुमा शंकास्पद लक्षण देखिए तुरन्त कोरोना (कोभिड–१९) भाइरस परीक्षण गर्ने भएको छ ।
मन्त्रालयका अनुसार ज्वरो आएको, खोकी लागेको, स्वास फेर्न गाह्रो भएका, रोग प्रतिरोधक क्षमता कम भएका, अन्य जटिल रोग भएका, ६० वर्षमाथिकाहरुको कोभिड–१९ परीक्षण तुरन्त गर्ने निर्णय भएको छ ।
यस्ता बिरामी आइसोलेसनमा भर्ना नभए पनि घाँटीको र्याल परीक्षणको रिपोर्ट नआउँदासम्म भने अस्पतालले निगरानीमा राख्नुपर्ने हुन्छ। यसअघि परीक्षणको लागि आइसोलेसन मै भर्ना हुनुपर्ने नियम थियो ।
Leave a Reply