काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ ।
काठमाडौंको बबरमहलस्थित एक प्यालेसमा सोमबार बसेको बैठकले ओली निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई पार्टीबाट हटाउन गरेको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय कमिटी बैठकले घोषित संघर्षका कार्यक्रम सफल पार्न सिङ्गो पाटीपंक्ति परिचालन हुने निर्णय पनि गरेको छ ।
पार्टीको आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । म्यानमारमा लोकतन्त्रको विरुद्धमा त्यहाँको सेनाले सत्ता हातमा लिनु अनुपयुक्त भन्दै बैठकले निन्दा गरेको छ ।
Leave a Reply