काठमाडौं । नेपाल कम्युनिस्ट (नेकपा) प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभा विघटन पछि दुइ धारमा विभाजित बनेको नेकपामा आधिकारिकताबारे विवाद रहेकाबेला सोमबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो ।
आजको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरेको थियो ।
दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए ।
Leave a Reply