काठमाडौं । प्रधानमन्त्रीकप पुरुष वान डे क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले उचालेको छ ।
आर्मीले शनिबार टीयू मैदानमा भएको फाइनलमा एपीएफलाई ३३ रनले हराउँर्दै आर्मीले दोस्रो पल्ट उपाधि जितेको हो ।
चार वर्ष अगाडि वर्षाले रद्द खेलमा उपाधि साझेदारी गर्नु परेको आर्मीले यसपल्ट भने मैदानमै खेलेर यो सफलता चुमेको हो ।
टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको आर्मीले ५० ओभरमा नौ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।
जवाफमा उत्रिएको एपीएफ ४१.३ ओभरमा १ सय ७८ रन बनाएर अलआउट हुँदा आर्मीले सजिलै उपाधि जितेको हो ।
Leave a Reply