Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ओलीले राष्ट्रघात गरेको संसदबाटै पुष्टि गर्न सकिन्छ : प्रचण्ड

    ओलीले राष्ट्रघात गरेको संसदबाटै पुष्टि गर्न सकिन्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.5K
    SHARES

    धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले संसद विघटन नभइ केपी ओलीको सरकार नै विघटन भएको दावी गरेका छन् ।

    शनिबार धनगढीमा आयोजित प्रचण्ड–माधव पक्षको आमसभामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको समेत दाबी गरे ।



    अदालतमा मुद्दा नभइदिएको भए आफूहरुले संसद बोलाउने र ओलीलाई कारवाही समेत गर्ने ठोकुवा गरे ।



    अरु प्रतिपक्षी दलहरुले समेत केपी ओलीको कदमलाई अलोकतान्त्रिक भनेकाले प्रधानमन्त्रीले राष्ट्रघात गरेको कुरा संसदबाट पुष्टि गर्नसक्ने प्रचण्डले चेतावनी दिए ।

    सम्बोधनका क्रममा प्रचण्डले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ‘दलालको पनि दलाल’ भएको संज्ञा दिए ।

    धनगढीकै नेता समेत रहेका मन्त्री भट्टलाई लक्षित गर्दै उनले भने–‘आफैँले हुर्काएको मान्छे छोप्नै नसकिने गरी ‘दलालको पनि दलाल’ भएर गए ।’

    दहालले भने–‘मैले हुर्काएका एकजना नेता छन् नि । मैले पटकपटक मन्त्री बनाएको मान्छे । तिनी त अहिले त कता हो कता, सोच्नै नसक्ने गरी गए । मलाई डर थियो, सुदूरपश्चिमको ठूलो नेता यही हो है भनेको थिएँ । अब उनी केपीको वरिपरि घुम्ने भए । केपीको दलाल भए । केपी आफैं दलाल हुन्, दलालको पनि दलाल ।’

    त्यसैगरी पारिवारिक प्रसंगमा बोल्दा पनि अध्यक्ष प्रचण्डले केपी ओलीलाई नै गाली गरे । उनले भने–‘ओलीले बारम्बार मेरा छोराछोरीको कुरा गर्नुहुन्छ । मैले हिजो आफ्ना छोराछोरीलाई क्रान्तिको मैदानमा लगेँ । जसले बन्दूक बोक्न सक्थे बोके । अरुले भूमिगत रुपमा काम गरेँ । अरु नेताजस्तो विदेशमा छोराछोरी पढाउन सकिनँ । सँगै आन्दोलनमा लैजानु मेरो गल्ति हो ? जहिले पनि छोराछोरीको कुरा गर्ने ?’

    ‘के म निसन्तान भइनँ, मेरा सन्तान भए, मेरो गल्ति हो ? मलाई दोष दिन मिल्छ ? छोराछोरी भए पनि कोही आन्दोलनमा लागे, जेल बसे । आन्दोलनको बेला रोल्पा रुकुमका पाखा–पखेरामा बन्दूक बोकर हिंड्थे । छोरी जवान भएपछि बिहे हुन्छ । बिहे भएपछि ज्वाईं हुन्छन् । छोराको बिहे भएपछि बुहारी हुन्छन् । नातिनातिना हुन्छन् । मेरो दोष हो ?– प्रचण्डले थपे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार