Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • प्रचण्ड धनगढीमा, विरोधसभालाई सम्बोधन गर्दै

    प्रचण्ड धनगढीमा, विरोधसभालाई सम्बोधन गर्दै

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.1K
    SHARES

    धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । संसद विघटनको विरोधमा आन्दोलनरत दाहाल–नेपाल समूहले शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो ।

    सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमको विरुद्धमा नेकपाको प्रचण्ड–माधव समूहले देशभर विरोध प्रदर्शन गर्दै आएको छ । यसअघि नेकपाको केपी ओली समूहले पनि सोही स्थानमा जनसभा आयोजना गरेको थियो ।



    संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत दाहाल–नेपाल समूहले यही माघ १२ गते तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । तेस्रो चरणको आन्दोलनअनुसार यही माघ २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने सो समूहले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार