Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • वीरगन्जबाट ५२ बुलेट ग्यास भित्रियो

    वीरगन्जबाट ५२ बुलेट ग्यास भित्रियो

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 3K
    SHARES

    पर्सा । अत्यावश्यक वस्तुको आयातमा कुनै फरक नपर्ने गरी सरकारले नाका बन्द गरेसंगै सोमबार ग्यासका दुई बुलेट नेपाल भित्रिएका छन् ।

    मन्त्रीपरिषद्को बैठकले सोमबारदेखि लागू हुने गरी भारत र चीनसँगका सबै नाका बन्द गरे पनि सोमबार ग्यासका ५२ बुलेट वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको छ।
    नेपाल आयल निगमका अनुसार सोमबार नेपाल ग्यासका दुई बुलेट नेपाल भित्रिएका हुन ।



    त्यस्तै, श्री ग्यासको एक, साईबाबा ६, र जानकी ग्यास ६ बुलेट नेपाल भित्रिएका छन् । निगमका अनुसार श्रीराम ग्यास १, गीता ग्यास ३, काब्सन ग्यास २ र गौरीशंंकर ग्यास ३ बुलेट नेपालतर्फ भित्रिएका छन् ।



    त्यस्तै, श्रीकृष्ण ग्यास २, एभरेष्ट ग्यास २, सुगम ग्यास २, ओम ग्यास ३ र सगरमाथा ग्यास १ बुलेट नेपाल भित्रिएका छन् ।

    निगमका अनुसार भानु ग्यास १, गृहलक्ष्मी ग्यास ४, नोबेल ग्यास ४, बाबा ग्यास २, साहारा ग्यास ४, एनपी ग्यास १, शक्ति ग्यास १ र मनोज ग्यास १ बुलेट नेपाल भित्रिएका छन् ।
    सरकारले आइतबार बेलुका मानिसको आवतजावतमा रोक लगाउने गरी मात्र भारत र चीनतर्फका सबै नाका बन्द गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार