Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अठार किलो गाँजासहित तीन जना पक्राउ

    अठार किलो गाँजासहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.5K
    SHARES

    फाइल तस्विर

    पर्सा । र्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा नं ५ बाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बहुदरामाई नगरपालिका–५ निवासी ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र पर्साकै पकहामैपुर गाउँपालिका–१ निवासी ५० वर्षीय मन्द्रिका सहनी रहेकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले नेपाललबाट भारततर्फ लागुऔषधको तस्करी भइरहेको पूर्वसूचनाका आधारमा कारवाही गर्दा उक्त परिमाणको गाँजासहित तीनै जनालाई पक्राउ गरिएको बताए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार