Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • महेश बस्नेतले पत्रकारलाई धम्क्याएको भन्दै प्रेस युनियनको आपत्ति

    महेश बस्नेतले पत्रकारलाई धम्क्याएको भन्दै प्रेस युनियनको आपत्ति

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौँ । पूर्वमन्त्री समेत रहेका नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई सार्वजनिक कार्यक्रममा धम्क्याएकाप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन्।



    जारी विज्ञप्तिमा लेखिएको छ,’प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली संचारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ ।’



    नेपाली संचारजगतको मूल हिस्सा प्रतिमगनको विरुद्ध सतिसाल झै खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको विज्ञप्तिमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार