Online Nepal
  • बुधबार, १० पुष २०८१
  • डब्यूएचओले भन्यो-बेलायतमा भेटिएको नयाँ काभिड–१९ भेरियन्ट ७० देशमा फैलिसक्यो

    डब्यूएचओले भन्यो-बेलायतमा भेटिएको नयाँ काभिड–१९ भेरियन्ट ७० देशमा फैलिसक्यो

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2.6K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । संसारभरी कोरोना संक्रमितको आँकडा १०.१४ करोड पार भइसकेको छ । ७ करोड ३२ लाखभन्दा बढी निको भइसकेका छन् । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म २१ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

    अघिल्लो महिना कोभिड–१९ को नयाँ भेरियन्ट पाइएको थियो । अब डब्ल्यूएचओले यो विषयमा नयाँ चेतावनी जारी गरेको छ । संगठनका अनुसार यो भेरियन्ट ७० वटा देशमा फैलिसकेको छ । अर्कोतर्फ अमेरिकामा संक्रमितको संख्या पुनः बढ्ने क्रममा छ ।



    विश्व स्वास्थ्य संगठनले अघिल्लो महिना बेलायतमा भेटिएको कोभिड–१९ को नयाँ भेरियन्टलाई थप खतरनाक बताएको छ । संगठनका अनुसार बेलायतमा पाइएको भेरियन्ट हालसम्म ७० देशमा फैलिसकेको छ । यो भाइरस बढी घातक छ किनभने यो पुरानो भाइरसको तुलनामा तीब्र गतिमा फैलन्छ ।



    डब्ल्यूएचओले यसबारे आफ्नो साप्ताहिक रिपोर्ट पनि जारी गरेको छ । संगठनले यो नयाँ भेरियन्टको नाम B.1.1.7 या VOC 202012/01 राखेको छ । राहतको कुरा के छ भने बेलायत, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्डमा यो नयाँ भेरियन्टका संक्रमित तीब्र रुपमा कम भएका छन् ।

    बेलायतका पाइएको भेरियन्ट दक्षिण अफ्रिकामा पाइएको भेरियन्टभन्दा भिन्न छ । डब्ल्यूएचओका अनुसार दक्षिण अफ्रिकामा पाइएको भेरियन्ट त्यति तीब्र गतिमा फैलिँदैन । दक्षिण अफ्रिकामा पाइएको भेरियन्ट ३१ देशसम्म पुगिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार