Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘लकडाउन’का लागि तयारी गर्न सबै पृतनालाई मुख्यालयकाे निर्देशन

    ‘लकडाउन’का लागि तयारी गर्न सबै पृतनालाई मुख्यालयकाे निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड–१९) संक्रमण नेपालमा फैलिए लकडाउन गर्ने तयारी गर्न सबै पृतनालाई नेपाली सेनाको मुख्यालयले निर्देशन दिएको छ । जंगी अड्डाले पृतनाहरूलाई तयारीसहित लकडाउनको विस्तृत कार्ययोजना बनाउनसमेत निर्देशन दिएको छ ।

    चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वव्यापी बनेको छ । इटालीले बेलैमा लकडाउन नगर्दा स्थिति जटिल बनेकाले पनि नेपालले दिनदिनै जस्तो थप कडा कदम चाल्दै आएको छ । सेनाले देशभर दुई हजारभन्दा बढी आइसोलेसन कक्ष निर्माण गर्नुका साथै संक्रमितको उपचार गर्न क्वारेन्टाइन वार्डसमेत तयारी अवस्थामा राखेको छ ।



    सेनाले पूर्वतयारी स्वरूप उपत्यका पृतनासहित सातवटै पृतनालाई यस्तो निर्देशन दिएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै संक्रमण नियन्त्रण गर्न लकडाउनको तयारी अवस्थामा रहन यस्तो निर्देशन दिइएको जानकारी दिए



    के हो लकडाउन ?
    लकडाउन भनेको सम्पूर्ण रूपमा बन्द गर्ने अवस्था हो । लकडाउन भए आवतजावत पूर्णरूपमा बन्द हुन्छ । लकडाउनको अवस्था पूर्ण कार्यान्वयन गर्न नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसमेत परिचालन हुन्छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार