काठमाडौं । सरकारले सताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्नेभएको छ ।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवत्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरेर प्रचलनमा ल्याउन लागिएको जानकारी दिए ।
प्रवक्ता गुरुङका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट सार्वजनिक गर्नेछिन् ।
Leave a Reply