काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् ।
कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको ९० दिनभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् ।
उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।’
भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उनले धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरेका छन् ।
आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही गर्न नहुने उनकाे भनाइ थियाे ।
Leave a Reply