Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ओलीलाई मोदीले दिए झट्का : लिपुलेकबारे भारतले वार्ता नगर्ने घोषणा

    ओलीलाई मोदीले दिए झट्का : लिपुलेकबारे भारतले वार्ता नगर्ने घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । कथित राष्ट्रबादी अडानका कारण जनतालाई भ्रम पार्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिमा बिबादको बिषयमा भारतले लोप्पा खुवाएको छ। नेपालमा राजनीतिक अस्थिरता र अन्योल बढेका बेला भारतले सीमा समस्या सम्बन्धी विवाद नयाँ सर्त अगाडि सारेको छ ।

    भारतीय समाचार संस्था टाइम्स अफ ईन्डियामा प्रकाशित समाचार अनुसार भारत सरकार नेपालसँगको सीमा समस्या समाधान गर्न अनइच्छुक देखिएको  छ ।



    जबसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले एकपक्षीय रूपमा जारी गरेको आफ्नो दाबी रहेको भूमि फिर्ता गर्दैन, तबसम्म सीमा समस्या समाधानमा वार्ता नगर्ने अडानमा रहेको जनवरी १८, २०२१ को अंकमा टाइम्स अफ इण्डियामा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।



    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले बिदेशमन्त्रीमार्फत उक्त सन्देश दिएका हुन । दुई मुलुकका उच्चाधिकारीमा दुईपक्षीय सम्बन्ध अघि बढाउन प्रयास भए पनि त्यस विषयमा खास केही नभएको पाइएको छ ।

    भारत नेपालमा विकास, कनेक्टिभिटी, व्यापार तथा अन्य मुद्दामा केन्द्रित हुन चाहन्छ । तर यो कार्यसूची नियमित भने नभएको जनाइएको छ ।

    परराष्ट्रमन्त्री ज्ञवालीको यो भ्रमण दुईपक्षीय सम्बन्धको विकासमा विगतको Track मा फर्किने संकेतचाहिँ हो । भ्रमणका क्रममा कोभिड–१९को भ्याक्सिनको पहिलो लट पठाउने विषयमा कुरा भएको, परराष्ट्रमन्त्री ज्ञवालीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नभएको, रक्षामन्त्री राजनाथ सिंह भेट भएको थियो ।

    भारतीय नेतृत्वले नेपालमा राजनीतिक अनिश्चितता र आन्तरिक कहल भइरहेका बेला नेपालका परराष्ट्रमन्त्रीको यो भ्रमण भएको थियो । नेपालले एकपक्षीय रूपमा गत नोभेम्बर २०१९ मा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएका नक्सा जारी गरेको उक्त समाचार उल्लेख छ ।

    प्रधानमन्त्री ओलीले नयाँ नक्सा भने बाहिर सार्वजनिक गरेका छैनन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार