Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • प्रधानमन्त्री ओली पुल उद्घाटन र जनसभालाई सम्बोधन गर्न दाङ आउँदै

    प्रधानमन्त्री ओली पुल उद्घाटन र जनसभालाई सम्बोधन गर्न दाङ आउँदै

    अनलाइन नेपाल
  • सोमबार, १२ माघ २०७७
  • 2.8K
    SHARES

    दाङ । प्रधानमन्त्री केपी शर्मा ओली आउनुभन्दा एक दिनअघि विरोधमा मसाल जुलुस गरिएको छ । पार्टी विभाजनसँगै प्रदेशभरिका कार्यकर्तालाई देउखुरीमा उतारेर गरिने जनसभालाई सम्बोधन गर्न नेकपा ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली देउखुरी आउँदै छन् ।

    उनी देउखुरी आउने भएपछि देउखुरीभरि नै सुरक्षाकर्मी तैनाथ गरिए पनि नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका हुन् । झण्डै एक सयको हाराहारीमा रहेका कार्यकर्र्ताले राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीचोकदेखि पव्लिक स्कुल लालमटियासम्म मसाल जुलुस गरेका थिए ।



    त्यस्तै लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने भएका हुन् ।
    तत्काली प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलिले उद्घाटन गर्न लागेका हुन् ।



    पुल उद्घाटन कार्यक्रमको सबै तयारी पुरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । पुलको उद्घाटन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम तय भएको र कार्यक्रमको सबै तयारी पुरा भएको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए ।

    गत बर्ष नै राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्नेगरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको थियो । झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउने लागेका हुन् । प्रचण्डले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार