Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘काेराेना देखिएकी किशाेरीसँग विमानमा को-को थिए,सबैलाई ट्रयाक गरिन्छ’

    ‘काेराेना देखिएकी किशाेरीसँग विमानमा को-को थिए,सबैलाई ट्रयाक गरिन्छ’

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 3.2K
    SHARES

    काठमाडौँ । फ्रान्सबाट कतार हुँदै नेपाली आएकी एक १९ वर्षीया किशाेरीमा कोरोना भाइरस(कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी ती किशाेरीकाे रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

    उनका अनुसार किशाेरीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने छ। उताबाट आएपछि किशाेरीलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिए।



    उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार