Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध परेन उजुरी

    चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध परेन उजुरी

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेमाथिको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । संसदीय सुनुवाइ समितिले फागुन २८ गते पाण्डेविरुद्ध सार्वजनिक गुनासो तथा उजुरी आह्वान गरेको थियो । पाण्डेविरुद्ध आइतबारसम्म संसदीय सुनुवाइ समिति सचिवायलयमा कुनै पनि उजुरी परेको छैन । समिति सचिवालयले कुनै पनि उजुरी नपरेपछि सोमबार बैठक बोलाएको थियो ।

    संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीका अनुसार सोमबार दुई वटा बैठक बोलाएको जानकारी दिएका छन् । पहिलो बैठकमा उजुरीबारे छलफल हुनेछ । पाण्डेविरुद्ध उजुरी नपरेकाले प्रक्रिया पूरा गरेर लगत्तै दोस्रो बैठक आह्वान गरिएको छ ।



    पाण्डेलाई सोमबारकै बैठकबाट अनुमोदित गर्ने संसदीय सुनुवाइ समितिको तयारी छ । संसदीय समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई राजदूतमा नियुक्त गर्नेछिन् । चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई सिफारिस गरिएको थियो ।
    फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार