Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बढी मूल्यमा बसको टिकट विक्री गर्ने २० जना पक्राउ

    बढी मूल्यमा बसको टिकट विक्री गर्ने २० जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सार्वजनिक बसको टिकट बढी मूल्यमा बेचेको अभियोगमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपेश कार्की, देवेन्द्र कार्की, सन्तोष श्रेष्ठ, गोविन्द बुढाथोकी, कमल गुरुङ, लालबहादुर भुजेल, रोशन राणा कुँवर, कर्ण थिङ, आकाश लामा, शुक्र लामा, तिलक लामा, गौतम तामाङ रहेका छन् ।

    त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुदर्शन रसाइली, दिनेश शाह, जयन्द्र कुमार शाही, कृष्ण पराजुली, पारस गौतम, सुरेश क्षेत्री, संजय उप्रेती, मानसिंह रुम्बा पनि पक्राउ परेका छन् ।



    यात्रुको चाप बढेको मौका पारेर तोकिएभन्दा बढी मूल्यमा बसको टिकट विक्री गरेको भनि ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा आएको गुनासोका आधारमा सहज र सुरक्षित यात्राका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रु बनेर स्टिङ अपरेशन चलाएको थियो । सोही क्रममा आइतबार २० जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।



    उनीहलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चावहिल र गौशालाबाट नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार