काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आठबीसकोटस्थित राडीबजारमा लगाइएको निषेधाज्ञा हटाएको छ ।
आठबीसकोट नगरपालिका–९, राडीबजारमा ६ गते साँझ ५ बजेदेखि लगाइएको निषेधाज्ञा बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हटाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
अहिले अवस्था सामान्य रहेकाले निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
Leave a Reply