Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • साउदीमा आंशिक कर्फ्यु

    साउदीमा आंशिक कर्फ्यु

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.7K
    SHARES

    एजेन्सी । साउदी अरबमा सोमबारदेखि २१ दिनसम्म आंशिक रुपमा कर्फ्यु लगाइने भएकाे छ। साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने गरी तयारी भएकाे अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएकाे छ ।

    प्रधानमन्त्रीसमेत रहेका साउदी राजा सलमान बिन अब्दुलअजिजले कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आंशिक रुपमा कर्फ्युको घोषणा गरेका हुन् । साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले सैनिक अधिकार र नागरकिलाई कर्फ्युको पालना गर्न गराउन निर्देशन दिएको छ ।



    केही कामदारको हकमा भने कर्फ्यु लागू नहुने साउदी प्रेस एजेन्सीले जनाएको छ । मुलुकका महत्वपूर्ण सार्वजनिक क्षेत्र र निजी क्षेत्रका कामदारलाई भने नियमित रुपमा काम गर्न दिइने एजेन्सीले जनाएको छ । सुरक्षा क्षेत्र, सेना, सञ्चारमाध्यम, स्वास्थ्य सेवा र अन्य सेवा क्षेत्रका कामदारलाई कर्फ्यु लागू हुने छैन ।



    साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले कर्फ्युको अवधिका नागरिकलाई घरमै बस्न आग्रह गरेको छ । अत्यावश्यक अवस्थामा बाहेक बाहिर निस्किएमा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ । सोमबार बिहानसम्म साउदी अरबमा ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार