Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतमा काेराेनाकाे सन्त्रास: २२ राज्यमा मार्च महिनाभरि ‘लकडाउन’

    भारतमा काेराेनाकाे सन्त्रास: २२ राज्यमा मार्च महिनाभरि ‘लकडाउन’

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडाैँ । कोरोना भाइरस संक्रमण फैलिन नदिन भारतको राजधानी दिल्लीसहित २२ वटा राज्यमा मार्च महिनाभरीका लागि आवतजावतमा कडा नियम लागू गरिएको छ । दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागू भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सो अवधिमा अत्यावश्यक सेवाहरु भने सञ्चालन हुनेछ ।

    यसअघि आइतवार भारतभरी बिहानदेखि बेलुका सम्म ‘जनता कर्फ्यू’ लागु गरिएको थियो । आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा ३१ मार्चसम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गरेको थियो ।



    कोरोनाभाइरस संक्रमण भेटिएका स्थानमा ती प्रतिबन्ध लागू हुनेछन्। लकडाउनको समयमा निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ । सो समयमा विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन् । भारतमा लागु गरिएको लकडाउनको समयमा सार्वजनिक यातायात बन्द रहनेछ। तर केही राज्यले भने एकचौथाइ सरकारी बस चल्ने बताएका छन्। सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन् ।



    एक राज्यबाट अर्को राज्य जाने बस तथा रेल सेवा बन्द गरिनेछ भने सबै धार्मिक तथा सामाजिक कार्यक्रम रद्द गरिनेछन् । तर लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्त्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल खुला रहने भारत सरकारले जनाएको छ। बिजुली, पानी, इन्टरनेट बैंकिङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमलाई पनि काम गर्न दिइनेछ । पेट्रोल पम्प, औषधि पसल तथा दुग्ध सेवा जारी रहनेछन् । भारतमा ३९६ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ भने ७ जनाको मृत्यु भएको छ । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार