Online Nepal
  • बुधबार, १० पुष २०८१
  • संसद विघटनविरूद्धका रिटमा आज पनि सुनुवाइ हुँदै

    संसद विघटनविरूद्धका रिटमा आज पनि सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा मंगलबार पनि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।



    हिजाेकाे सुनुवाइमा दिनभरमा दुई जना अधिवक्ताले बहस गरेका थिए । वकालतनामाका लागि तयार भएका अधिवक्ताको संख्यालाई मध्यनजर गर्दै इजलासले बहस छोट्याउन पनि सुझाएका छन् ।



    सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतिनिधि सभा विघटनगरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार