Online Nepal
  • शनिबार, २० पुष २०८१
  • ४५ मिनेटमै कोरोना भाइरस पत्ता लगाउने प्रविधिको विकास

    ४५ मिनेटमै कोरोना भाइरस पत्ता लगाउने प्रविधिको विकास

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.8K
    SHARES

    एजेन्सी । एक घण्टा भन्दा छोटो समयभित्रै कोरोना भाइरस संक्रमण भएको वा नभएको पहिचान हुने परीक्षण विधि अमेरिकामा पत्ता लागेको छ ।

    क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ ४५ मिनेटभित्रै पत्ता लगाउने नयाँ परीक्षण प्रविधि सार्वजनिक गरेको हो । जसलाई औषधि तथा खाद्य प्रशासन (एफडीए) ले स्वीकृति दिएको हो ।



    कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले नयाँ प्रविधि निकालेको हो । अब यसमार्फत आगामी साताबाट विभिन्न अस्पतालले टेस्ट सुरु गर्नेछन् । अमेरिकाको क्यालिफोर्निया अति प्रभावित सहरमध्ये एक हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार