Online Nepal
  • बुधबार, २ माघ २०८१
  • प्रधानमन्त्री ओली अराजक, देउवा, प्रचण्ड र नेपाल पनि दोषी : कोइराला

    प्रधानमन्त्री ओली अराजक, देउवा, प्रचण्ड र नेपाल पनि दोषी : कोइराला

    अनलाइन नेपाल
  • शनिबार, ३ माघ २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    विराटनगर । नेपाली कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक भएको आरोप लगाएका छन् ।

    मानव अधिकार तथा शान्ति समाज मोरङले शनिबार आयोजना गरेको ‘असंवैधानिक एवं अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन : प्रतिगमनको सिलसिला’ विषयक गोष्ठीमा कोइरालाले प्रधानमन्त्री ओलीको अराजक पनले मुलुक द्वन्द्वमा फस्दै गएको समेत दावी गरे ।



    प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई निर्वाचनको पक्षमा निर्णय गर्न दबाब दिइरहेको आरोप लगाउँदै नेता कोइरालले भने–‘प्रधानमन्त्री ओलीजीले मैले जे बोलेँ, जे भनेँ त्यही संविधान हो भन्ने बुझ्नु हुन्छ तर त्यो नेपाली जनतालाई स्वीकार छैन । त्यसैले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउन मुलुकमा अब एक पटक पुनः सशक्त आन्दोलनको आवश्यकता परेको छ ।’

    नेता कोइरालाले मुलुक द्वन्द्वको अँध्यारो टनेलमा फस्दै गएको भन्दै त्यसलाई रोक्न प्रतिनिधिसभा पुनःस्थापनाका लागि लड्न सबैसँग आग्रह गरे ।

    सर्वोच्च अदालतले पनि पुनःस्थापनाकै पक्षमा निर्णय गर्छ भन्ने विश्वास भएको बताउँदै उनले पार्टी सभापति शेरबहादुर देउवाले व्यक्तिलाई महत्व दिएकाले प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलन सशक्त नभइरहेको र कांग्रेसको भूमिका नदेखिएको आरोप लगाए ।

    उनले भन–‘सभापति देउवाजी दुविधामा हुनुहुन्छ । गलतलाई गलत भन्न नसक्ने राजनीतिक दलको अस्तित्व रहँदैन भन्ने कुरो सबैले बुझ्नु आवश्यक छ ।’

    आन्दोलनले गति नलिनुमा सभापति देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालको पनि गल्ती रहेको कोइरालाको भनाइ थियो ।

    नेता कोइरालाले भने–‘प्रधानमन्त्रीजीले अढाई वर्षदेखि संविधान कुल्चेर विभिन्न अधिकारहरु आफूमातहत ल्याइरहँदासम्म दाहाल र नेपाल मौन बस्नु गल्ती हो, । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएदेखि सभापति देउवा पनि शंकाको घेरामा पर्नु भएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार