काठमाडौं। न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका लागि पुगेका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । ५० बर्षका ती व्यक्ति एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए ।
प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि पाँचदिन अगाडि आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । दुईदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको छ ।
न्युयोर्कको ज्याक्सनहाइट नजिकै बस्दै आएका ती व्यक्तिलाई अहिले परिवारका सदस्यहरुलाई पनि भेट्न दिइएको छैन । आफूहरुले डाक्टर र नर्ससँग कुराकानी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको र अहिले स्वासप्रस्वासमा समस्या आएकाले भेन्टिलेटरमा राखिएको जानकारी पाएको उनका छोराले जानकारी दिए । -खसोखास
Leave a Reply