Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु

    संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वको इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।



    संवैधानिक इजलासले तत्काल टुंग्याउनुपर्ने यो विवादलाई दुवै पक्षको धारणा सुनेर आदेश गर्ने मनस्थिति बनाएपछि कम्तीमा तीन दिनको सुनुवाइ वाञ्छणीय देखिएकाे हाे । प्रतिनिधिसभा विघटन गैरसंवैधानिक हो भनी दाबी गर्ने कानुन व्यवसायीहरूले यो विवाद बृहत् पूर्ण इजलासमा पेस गर्नुपर्ने माग गरेका छन् ।



    महान्यायाधिवक्तासहित सरकारी पक्षका कानुन व्यवसायीहरूको माग भने बृहत् पूर्ण इजलासमा नभई संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ हुनुपर्छ भन्ने छ । शुक्रबार दुवै पक्षको बहस टुंगिएपछि थप आदेश हुनेछ । त्यसपछि मात्रै मूल मुद्दा अर्थात् प्रतिनिधि सभा विघटन संविधानसम्मत हो कि होइन भन्ने विषयमा बहस केन्द्रित हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार