Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ओली पक्षको निष्कर्षः माथिल्लो तहका नेता मात्र प्रचण्ड–माधव खेमामा, कार्यकर्ता आफ्नैमा !

    ओली पक्षको निष्कर्षः माथिल्लो तहका नेता मात्र प्रचण्ड–माधव खेमामा, कार्यकर्ता आफ्नैमा !

    अनलाइन नेपाल
  • शुक्रबार, २ माघ २०७७
  • 1.7K
    SHARES

    काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले निर्वाचन केन्द्रित माहोल बनाएर जानुपर्नेमा जोड दिएको छ । आहिलेसम्म आफ्नो पक्षमा आधारभूत तहमै सोचिएभन्दा राम्रो हुँदै गाएको सो समूहको विश्लेषण छ ।

    बालुवाटारमा बसेको समूहको सथायी समिति बैठकमा प्रतिनिधिसभा विघटनपछि आफ्नो पक्षमा देशव्यापी रुपमा भएका संगठन सुदृढीकरण र जनसभाबारे समीक्षा भएको नेता केशव बडालले जानकारी दिए ।



    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म यो बीच भएका वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए । त्यस्तै, सदस्यहरुले पनि आ–आफ्नो ब्रिफिङ गरेका थिए । बैठकले माथिल्लो तहका नेता मात्र दाहाल–नेपाल खेमामा गएकाले सगठनात्मक क्षेत्रमा खास ठूलो क्षति नपुगेको निष्कर्ष निकालेको छ ।



    प्रधानमन्त्री ओलीले सबै नेता कार्यकर्तालाई निर्वाचन कार्यक्रम र कार्ययोजना बनाउन निर्देशन गरेका छन् । संगठनात्मक अभियान आक्रामक बनाउने र चुनावी अभियान चलाउने गरी मेची महाकाली आधार तयार पारेर अगाडि बढ्न उनले सुझाव दिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार