Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पटनामा उपचार गराइरहेका वीरगन्जका उद्योगीलाई कोरोना भाइरस

    पटनामा उपचार गराइरहेका वीरगन्जका उद्योगीलाई कोरोना भाइरस

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.9K
    SHARES

    वीरगन्ज । विहारको राजधानी पटनामा रहेको पीएमसीएच अस्पतालमा उपचार गराइरहेका पर्साका ६७ वर्षीय उद्योगी शिव कुमार रुंगटालाई कोरोना भाइरस पोजिटिभ रहेको पाइएको छ ।

    पारिवारिक स्रोतका अनुसार रुंगटा करिब ३ हप्ता अगाडि एक वैवाहिक कार्यक्रममा सरिक हुन कोलकाता पुगेका थिए । कोलकाताबाट दिल्ली र देहरादुन हुादै वीरगन्ज आएका थिए ।



    गत बिहीवार स्वास्थ्यमा समस्या देखिएपछि रुंगटालाई वीरगन्जकै एक नीजि अस्पतालमा लगिएको थियो । यहा उपचार हुन नसकेपछि बिहीबार सााझ एम्बुलेन्समा राखेर पटना लगिएको थियो । पटनाको पीएमसीएच अस्पतालमा भर्ना भएका रुंगटाको रिर्पोट पोजिटिभि देखिएपछि थप चेकजाचका लागि पुणे पठाइएको परिवारिक स्रोतले जनाएको छ । तर पटनाको अस्पतालले भने अहिलेसम्म आधिकारीक धारणा बाहिर ल्याएको छैन



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार