Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • अस्ट्रेलिया–भारत तेस्रो टेस्ट बराबरीमा सम्पन्न

    अस्ट्रेलिया–भारत तेस्रो टेस्ट बराबरीमा सम्पन्न

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 2.3K
    SHARES

    एजेन्सी । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो ।

    पाँचौं दिन २ विकेटको क्षतिमा ९८ रनबाट खेल्न थालेको भारतले कूल ५ विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । जितका लागि अस्ट्रेलियाले भारतसामु ४०७ रनको चुनौती दिएको थियो ।



    कुनै पनि टिमले सिड्नीको खेल मैदानमा चौथो इनिङमा २८८ भन्दा बढी रन बनाउन सकेका थिएनन् । सन् २००६ मा दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलियाले चौथो इनिङमा सर्वाधिक बढी रन पछ्याएर खेल जितेको इतिहास छ ।



    भ्रमणकारी टोली भारतले आफू विजयी हुने आकांक्षा राखेको देखिएको थिएन । भारतीय ब्याट्सम्यान हनुमा बिहारीले १६१ बलको सामना गरेर २३ रन मात्र बनाएका थिए । रविचन्द्रन अश्विनले पनि ११८ बल खेल्दै महत्वपूर्ण ३९ रन बनाएका थिए । दुबैले भारतीय टोलीको स्कोरलाई ३३४ सम्म पु¥याएका थिए ।

    भारतका लागि रिषभ पन्तले ११८ बल खेल्दै विस्फोटक ९७ रन बनाएका थिए भने चेतेश्वर पूजाराले ७७ रन बनाए । यससँगै चेतेश्वरले टेस्ट खेलमा ६,००० रन पूरा गरे । अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ तथा दोस्रो इनिङमा ६ विकेटको क्षतिमा ३१२ बनाएर भारतसामु जितका लागि ४०७ रनको चुनौती दिएको थियो । भारतले पहिलो इनिङमा २४४ तथा दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३३४ रन बनायो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार